कप्तान क्रिष्टियानो रोनाल्डोको गोल प्रेरित अल नासरले साउदी प्रो लिगमा अल अख्दोउदविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

बुधबार राति भएको खेलमा अल नासरले पहिलो हाफमै २-० को अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा मार्सेलो ब्रोजोभिकले अल नासरलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरेका हुन् ।

दोस्रो हाफमा अख्दोउदले दुई गोल फर्काउँदै २-२ को बराबरीमा ल्याएका हुन् । हसन अल हविवले ६०औं मिनेटमा २-१ को अग्रता झारे । साविओर गोड्विनले ७०औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

ब्रोजोभिकले इन्जुरी समयमा विजयी गोल गरेका हुन् । जितपछि अल नासर ३१ खेलबाट ७७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । ३० खेल खेलेको अल हिलाल ८६ अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *