म्याराडोनाको गोल्डेन बल अक्सनमा

२०८१, २६ बैशाख बुधबार ०७:०५

महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी) मा राखिने भएको छ ।

म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ ।

अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले यसको मूल्य तय भएको छैन । जुन ६ मा फ्रान्समा हुने अक्सनमा यसको मूल्य लाखौं पुग्ने अनुमान गरिएको छ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३-२ ले हराएर १९८६ को विश्वकप जितेको थियो । गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरु भएको थियो । म्याराडोनाको मृत्यु २५ नोभेम्बर २०२० मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *