अल हिलाल किङ्स कपको उपाधि नजिक पुगेको छ।

किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटीमा मंगलबार राति सम्पन्न सेमिफाइनलमा घरेलु टोली अल इतिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो।

खेलको २५औं मिनेटमा माइकलले गोल गर्दै हिलाललाई शुरआती अग्रता दिलाए।

तर, ४२ औं मिनेटमा हिलाल १० खेलाडीमा समेटियो। सर्गेज मिलिन्कोविकले सिधै रातो कार्ड पाए। ६७औं मिनेटमा अब्देराजक हमदल्लाहले गोल गर्दै इतिहादलाई खेलमा फर्काए।

तर, ८१औं मिनेटमा साउद अब्दुलहमिदले गोल गर्दै हिलाललाई फाइनलमा पुऱ्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *