नेपाली टोली आज बेलायत जाँँदै

२०८१, १९ बैशाख बुधबार १३:४९

मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति इल्यान्ड त्यसतर्फ जाने भएको छ।

इल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले जनाएको छ।

३० मध्ये नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेसहित ६ जना आज साँझै र टोलीका खेलाडी आज राति जाने निश्चित भएको बताइएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित ५ जना भिआइपी र अन्य १५ जनाको भिसा भने अझै आइनसकेको बताइएको छ।

भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले एन्फासँग मंगलबार जानकारी लिएका थिए । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका थिए ।

पूर्व निर्धारित समयमा नेपाली टोली इल्यान्ड नपुग्ने भएपछि मे ३ हुने भनिएको नेपाली टोली र ब्रिटिश आर्मी फुटबल क्लबबीचको खेल नहुने भएको छ। अब नेपाल र इङ्ल्यान्ड ‘सी’बीच मे ६ मा एक खेल मात्र हुनेछ ।

मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा एन्फा महासचिव किरण राईसँग हिजो छलफल गरेका थिए।

एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राखेपमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए। यस बाहेक ५ जना एन्फा भिआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारेका थिए।

त्यस विषयमा एन्फा महासचिव राईले खेलाडी र टोलीको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृती नलिएको जिकिर गरे । उनले बाकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । तर एन्फाले उनीहरूको भिसाको लागि बेलायती राजदुतावासमा सिफारिस गरेको पनि जानकारी दिएको बताइएको छ ।

राष्ट्रिय खेलकुद ऐन अनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृती लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले दोहोराएका थिए । सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राखेपमा स्वीकृती लिनुपर्ने निर्णय मन्त्री श्रेष्ठले गरेका थिए । स्वीकृती नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन् ।

यसैबीच, युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृती विना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाइसकेको बताइएको छ । एन्फा अध्यक्षसहित भिआइपी ५ जनाको हकमा भने स्वीकृती लिएर पठाउनका लागि मन्त्री श्रेष्ठ सकारात्मक रहेको बुझिएको छ ।

राष्ट्रिय फुटबल टोलीका २३ खेलाडी:

किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ, फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी, अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

अफिसियल

भिन्सेन्जो अल्बर्टो अनेसे (मुख्य प्रशिक्षक), प्रवेश कटुवाल (सहायक प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), उत्तम भण्डारी (व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), पुरुषोत्तम थापा मगर (अफिसियल), मनिष जोशी (हेड अफ डेलिगेट्स)

एन्फा भिआइपी

पंकज विक्रम नेम्वाङ (अध्यक्ष), दीपक खतिवडा (उपाध्यक्ष), महेन्द्र क्षेत्री (कार्यसमिति सदस्य), विकास नारायण श्रेष्ठ (कार्यसमिति सदस्य), दामोदर भट्टराई (संयोजक/सहायक महासचिव)

अन्य १५ जना:

उमेश प्रधान – अनुशासन समिति
मनिराज विष्ट – कार्यसमिति सदस्य
सरिता श्रेष्ठ मलेकु – कार्यसमिति सदस्य
टिकाराम लामा – कार्यसमिति सदस्य
किरण राई – महासचिव
भरत बुढा थापा – कार्यसमिति सदस्य
विजय घले – सह महासचिव
राजु तामाङ – पत्रकार
नेपाल कार्की – मधेश प्रदेश फुटबल संघ
हेमराज राई – उदयपुर जिल्ला फुटबल संघ
विश्वराज राई
सुरेश शाह – प्रवक्ता
हितमान गुरुङ
इन्द्रराज जोशी – श्री भगवती क्लब
कौरव पाण्डे – दोलखा जिल्ला फुटबल संघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *