साउदी प्रो लिगमा अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।
किंग्स अब्दुल्ला स्टेडियममा शुक्रबार सम्पन्न खेलमा अल तावौनलाई अल हिलालले ३-० ले पराजित गरेको छ ।
अल हिलाल पछिल्लो २९ खेलमा अपराजित रहेको छ ।
जितसँगै शीर्ष स्थानमा रहेको हिलालले २९ खेलबाट ८३ अंक जोडेको छ । हिलाल लिगमा अपराजित एक्लो टोली हो । चौथो स्थानको तावौन ३० खेलबाट ५१ अंकसहित चौथो स्थानमा छ ।
प्रकाशित मितिः वैशाख २२, २०८१⏱️ ०९:४०
