अन्तिम खेलमा सुदूरपश्चिम बिजयी

२०८१, २० बैशाख बिहीबार १५:३८

एन्फा महिला लिग छनोटको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंशालामा बिहीबार सुदूरपश्चिमलाई जित दिलाउन मिना देउवा, विनिता बोहरा र यशोधा चिरालले गोल गरे ।

जितसँगै ६ खेलमा १५ अंक जोडेको सुदूरपश्चिमले दोस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पराजित लुम्बिनी समान खेलबाट तीन अंकका साथ छैटौं स्थानमा रह्यो

खेलको १२औं मिनेटमा मिनाको गोलमार्फत सुदूरपश्चिमले अग्रता लिएको थियो । १८औं मिनेटमा विनिताले टोलीको अग्रता दोब्बर बनाइन् ।

एक मिनेटपछि नै यशोधाले गोल गर्दा सुदूरपश्चिम ३-० ले अगाडि बढ्यो । त्यपछि थप गोल निस्कन सकेन ।

सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताबाट कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले महिला लिगमा स्थान बनाए ।

प्रतियोगितामा कोशी रक्षक नेहाकुमारी चौधरी सर्वोकृष्ट खेलाडी चुनिइन् । यसैगरी प्रतियोगिता भर सात गोल गर्दै सुदूरपश्चिमकी यशोधा चिराल सर्वाधिक गोलकर्ता बिनन् ।

कोशी सुशिलाकुमारी चौधरी उत्कृष्ट गोलकिपर घोषित भइन् । उनले ६ चार ‘क्लिन सिट’ राख्दा मात्र दुई गोल ब्यहोरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *