पुल्चोकले हरायो रानीवनलाई

२०८१, १८ बैशाख मंगलवार ११:३९

रानीवन स्पोर्ट्स क्लबमाथि फराकिलो जित हासिल गर्दै पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार सम्पन्न खेलमा पुल्चोकले रानीवनलाई ४-० गोलअन्तरले पराजित गरेको हो।

५ खेलबाट १२ अंक बनाएको छ। समान अंक रहेको मनोहरा युनाइटेड यूथ क्लब गोल संख्यामा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।

३ अंक जोडेको रानीवन १२औं स्थानमा यथावत् छ। पुल्चोकको जितमा सागर थिङले ह्याट्रिक पूरा गरे।

उनले खेलको ८३, इन्ज्युरी समयको पाँचौँ र छैटौं मिनेटमा गोल गरेका थिए। यस्तै, सुमन श्रेष्ठले पहिलो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *