पिएसजीले जित्यो लिग वानको उपाधि

२०८१, १७ बैशाख सोमबार ०६:२२

घरेलु टोली लियोनसँग मोनाको पराजित भएसँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जितेको छ।

ग्रुपमा स्टेडियममा आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३-२ गोल अन्तरले पराजित भएको हो।

मोनाको पराजित भएसँगै पीएसजी ३ खेल अगावै उपाधि जितेको हो। यो पीएसजीको १२औं लिग वान उपाधि हो। ३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२ अंक बढी हो। मोनाकोको ५८ अंक रहेको छ।

खेलमा शुरूआती अग्रता भने मोनाकोले लिएको थियो। फोलारिन बालोगुनको पासमा डब्ल्यू बेन येडरले मोनाकोका लागि गोल गरेका थिए। २२औं मिनेटमा अलेक्जेन्डर लाकाजेटले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले बेनर्हामा सैदको पासमा गोल गरेका थिए।

त्यसको चार मिनेटपछि नै कोरेन्टिन टोसिलोको पासमा सैदले गोल गर्दै लियोनको अग्रता २-१ मा पुऱ्याए। ६०औं मिनेटमा डब्ल्यू बेन येडरले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई खेलमा फर्काए।

तर, निर्धारित समयको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा मोनाकोले ४ खेल अगाडि नै उपाधि गुमाउनु पर्यो। यसपटक मलिक फोफानाले अलेक्जेन्डर लाकाजेटको पासमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *