रेडकार्डका बावजुद सिटि बिजयी

२०८१, १७ बैशाख सोमबार ०४:२४

म्यानचेस्टर सिटीले इ‌ङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई पराजित गरेको छ।

सिटी ग्राउन्ड, नटिङ्घममा आइतबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ। ३४ खेल खेलेको सिटीको ७९ अंक रहेको छ।

एक खेल बढी खेलेको आर्सनलको ८० अंक रहेको छ। समान खेल खेलेको नटिङ्घम २६ अंकसहित १७ औं स्थानमा छ।

खेलको ३२औं मिनेटमा केभिन डी ब्रुएनाको पासमा जोस्को ग्वार्डियोलले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए।

७१औं मिनेटमा ब्रुएनाको पासमै एर्लिङ हाल्यान्डले गोल गर्दै सिटीलाई २-० को जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *