वोर्डर-गावस्कर पाँच टेस्ट म्याचको अन्तिम खेल अर्थात पाँचौं टेष्ट भोलि पुष १९ गते शुक्रबारदेखि सिड्नी क्रिकेट ग्राउण्डमा शुरु हुदैछ ।

पाँच टेष्ट म्याचको श्रृंखलामा अष्ट्रेलियाले भारतमाथि २-१ ले अग्रता लिएको छ । भोलि हुने पाँचौं टेस्ट म्याच भारतका लागि गर कि मरको अवस्थामा रहेको छ । अन्यथा भारत वर्ल्ड टेष्ट च्याम्पियनसिपबाट बाहिरिने छ ।

अन्तिम खेलअघि आयोजित प्रेस मिटमा भारतीय कप्तान रोहित शर्मा उपस्थित भएनन् । पत्रकारहरूलाई यसबारे प्रष्टीकरण दिने क्रममा प्रशिक्षक गौतम गम्भीरले ‘आफू नै पर्याप्त’ भएको बताए । खराब फर्ममा गुज्रिरहेका कप्तान रोहितले पाचौं टेस्ट खेल्ने अनिश्चित बनेको छ ।

उनको स्थानमा शुभमन गिललाई खेलाइन सक्ने अड्कलवाजी भइरहेका छन् । त्यसैगरी रोहितको स्थानमा जसप्रित बुमराहले भारतीय टिमको कप्तानी गर्ने सम्भावना बढेको छ ।

सिड्नी क्रिकेट ग्राउण्डमा भारत र अष्ट्रेलिया अहिलेसम्म १३ खेल भएका छन् । जसमा अष्ट्रेलियाले पाँच खेलमा जित हासिल गर्दा भारतले एक खेलमा मात्र जित हासिल गरेको छ । बाँकि ६ खेल बराबरीमा टुङ्गिएको छ ।

भोलि हुने पाँचौं टेस्ट २५ प्रतिशत बर्षा हुने सम्भावना रहेको छ । त्यस्तै पाँचौं दिन दिनभरि वर्षा हुने मौसम विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *