आइतबारबाट हुने जय ट्रफी एलिट कपका लागि नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने भएपछि आरिफले पुलिसको कप्तानी गर्न लागेका हुन् ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदैछ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् । जय ट्रफी रातो बल र सेतो जर्सीको प्रयोगमा खेलाइनेछ ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

जय ट्रफी खेल्ने अर्को टिम बागमती प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

पुलिसको टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, अमित श्रेष्ठ, दिलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, ललित राजवंशी, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, गुल्सन झा, करण केसी, अर्जन साउद, दिपक सेरेला

अफिसियल
चित्र बहादुर विष्ट : म्यानेजर र सहायक प्रशिक्षक
मन्जित श्रेष्ठ : मुख्य प्रशिक्षक
विजय कुमार धिताल : एनालिस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *