एसाक्सेनको निर्णायक गोलमा लाजियोले इटालियन सिरी ‘ए’ मा नापोलीलाई १-० ले स्तब्ध पारेको छ ।

आईतबार राती नापोलीको घरेलु मैदानमा भएको खेलमा सुरुआतबाटै लाजियोले नापोलीमाथि दबाब बनाए पनि अग्रता लिन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७९ औं मिनेटमा टिजानी नोस्लिनको पासमा एसाक्सेनले गरेको गोल निर्णायक बन्दा नापोली १-० ले पराजित भयो ।

पराजयसंगै नापोली १५ खेलबाट ३२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा झरेको छ । बलियो प्रतिद्वन्दी विरुद्ध जित निकालेको लाजियोले भने समान १५ खेलबाट ३१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *