इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टाले सहज जित निकालेको छ । सोमबार राती रोमाको घरेलु मैदानमा भएको खेलमा एटलान्टा २-० गोल अन्तरले विजयी भएको हो ।
एटलान्टाको जितमा निकोलस जानीओलो र मार्टिन डी रुनले एक-एक गोल गरे ।
एटलान्टा र रोमाबीच पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफको ६९ औं मिनेटमा निकोलस जानीओलोले एटालन्टालाई अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा मार्टिन डी रुनले गोल गर्दै एटलान्टालाई महत्त्वपूर्ण तीन अंंक दिलाए ।
जितसँगै एटलान्टा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने रोमा तालिकाको १५ औं स्थानमा पुगेको छ । दोस्रो स्थानको एटलान्टाको ३१ अंक हुँदा शीर्ष स्थानको नापोलीको ३२ अंक छ ।
