अल नासर एएफसी च्याम्पियन्स लिगको लिग चरणको छैटौं खेलमा पराजित भएको छ । सोमबार राती भएको खेलमा कतारी क्लब अल सादले अल नासरलाई २-१ ले पराजित गरेको हो ।

अल नासरको घरेलु मैदानमा भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको थियो । अल नासर यस अघिनै अघिल्लो चरणमा प्रवेश गरिसकेकोले उनलाई प्रशिक्षकले आराम दिएका हुन् ।

अल सादका लागि पहिलो गोल ५३औं मिनेटमा अक्राम अफिफले गरे भने ८० औं मिनेटमा अल सादले आत्माघाती गोल गरेपछि खेल १-१ को स्थितिमा पुग्यो । तर इन्जुरी समयमा अल सादले पेनाल्टी प्राप्त गर्यो, जसमा अडाम युनासले गोल गरेर २-१ को जित पक्का गरे ।

यो हारपछि पनि अल नासर ६ खेलबाट १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम छ । अल नासर यसअघि नै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरिसकेको छ । अल नासरसँगै अल साद पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । अल साद १२ अंकका साथ चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *