विराटनगर फुटसल लिगमा एबीपी फाइभ एफसी शीर्ष स्थानमा कायमै रहेको छ ।

विराटनगर सिटि फुटबल क्लबको आयोजनामा जारी आइतबार भएको तेस्रो चरणको खेलमा पनि शतप्रतिशत जित निकाल्दै एबीपी फाइभले प्रतियोगितामा आफ्नो बर्चश्व कायमै राखेको छ ।

आइतबार साँझ भएको पहिलो खेलमा एबी फाइभ एफसीले विराटनगर स्पोर्टस एकेडेमीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

यसैगरी स्टार बोइज एफसीले क्लासिको एफसीलाई ४-१ ले हरायो । त्यस्तै रियुनाइटेड एफसी र अपटाउन एफसी २-२ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य भए ।

तेस्रो चरणको खेलपछि अंक तालिकामा केही परिवर्तन भएको छ । एबी ५ एफसी ९ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ । स्टार बोइज एफसी ९ अंकका साथ दोस्रो स्थानमा छ, तर गोल अन्तरका आधारमा एबी ५ भन्दा पछि छ । अपटाउन एफसी ४ अंकका साथ तेस्रो स्थानमा छ ।

रियुनाइटेड एफसी ४ अंकका साथ चौथो स्थानमा छ । विराटनगर स्पोर्ट्स एकेडेमी अंकविहीन छ । क्लासिको एफसी पनि अंकविहीन छ, तर गोल अन्तरका आधारमा विराटनगर स्पोर्ट्स एकेडेमी भन्दा पछि छ ।

प्रतियोगितामा विराटनगरका विभिन्न ६ वटा क्लब सहभागी छन् । विराटनगरमा फुटबलको व्यवसायिक खेल सुरु होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अयोजक विराटनगर सिटी फुटबल क्लब कार्यकारी निर्देशक शुभाशीष कोइरालाले बताएका छन् । उक्त प्रतियोगिता विराटनगर मधुमारा भीआईपी रोडमा रहेको जेएनएलमा भइरहेको छ ।

आयोजकका अनुसार प्रतियोगिताको बिजेता टिमले ४० हजार र उपविजेता २० हजारले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *