विराटनगर फुटसल लिगमा एबीपी फाइभ एफसी शीर्ष स्थानमा कायमै रहेको छ । दोस्रो चरणको खेलमा पनि जित निकाल्दै एबीपी फाइभ शीर्ष स्थानमा यथावत रहेको छ ।
आइतबार भएको खेलमा एबी फाइभ एफसीले क्लासिको एफसीलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
यसैगरी रियुनाइटेड एफसीले विराटनगर स्पोर्टस एकेडेमीलाई २–१ गोल अन्तरले स्तब्ध बनायो । त्यस्तै स्टार बोइज एफसीले अपटाउन एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अंक थप्न सफल भयो ।
दोस्रो चरणको खेलपछि अंक तालिकामा केही परिवर्तन भने भएको छ । एबी फाइभ एफसी लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा कायम छ । त्यसैगरी स्टार बोइज एफसी पनि ६ अंकका साथ दोस्रो स्थानमा भए पनि गोल अन्तरका आधारमा तल परेको हो ।
अपटाउन एफसी ३ अंकका साथ तेस्रो स्थानमा रहँदा रियुनाइटेड एफसी पनि समान ३ अंकका साथ चौथो स्थानमा छ ।
विराटनगर स्पोर्ट्स एकेडेमी र क्लासिको एफसीले अहिलेसम्म जितको स्वाद चाखेका छैनन् ।

