ललित स्मृति एन्फा यु-१८ युथ लिग अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ फुटबल क्लबले बराबरी खेलेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा यी दुई टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्मीका लागि रुस्तम थापामगर र अनुभव पुरी तथा एपीएफका लागि सञ्जय योञ्जन र सुनिल थिङले गोल गरे ।
आजको खेलमा दुवै टोली १०-१० खेलाडीमा समेटिएको थियो । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अर्जुन सुनार दोहोरो पहेंलो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरीपछि एपीएफ १० खेलाडीमा समेटिन पुग्यो
यस्तै ६७ औं मिनेटमा दिगविजय शाहीले दोहोरो पहेंलो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरीपछि आर्मी १० खेलाडीमा समेटियो । यो बराबरीसँगै ११ खेलमा १७ अंक जोडेको एपीएफ छैटौं स्थानमा यथावत रहेको छ । यता समान खेलमा ९ अंक रहेको आर्मी १० औं स्थानमा रहेको छ ।
