लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीलाई २-१ गोलले पराजित गरेको छ । जितपछी लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ ।
मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल लिगका ११ खेलमध्ये दशमा जित निकाल्न सफल रह्यो । सलाहले खेलको २९ औं मिनेटमा पेनाल्टी मार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
चेल्सीका निकोलस ज्याक्सनले ४८ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा फर्काएका थिए । लिभरपुलका लागि खेलको ५१ औं मिनेटमा जोन्सले गरेको गोल निर्णायक बन्यो। यो जितपछि शीर्ष स्थानको लिभरपुलको २१ अंक भएको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा एक अंकले अगाडि रह्यो । सिटीको ८ खेलबाट २० अंक भएको छ। पराजित चेल्सी १४ अंकसहित तालिकाको छैठौं स्थानमा रहेको छ ।
लिगको अन्य खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले उल्भ्सलाई २-१ गोलले पराजित गरेको थियो। शीर्ष चारमा रहेका टिममध्ये आर्सनल र एस्टन भिल्लाको समान १७ अंक छ।
