यूईएफए नेसन्स लिगमा पोर्चुगल स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ ।

मंगलबार राति घरेलु मैदानमा स्कटल्यान्डले बलियो रक्षापंक्ती प्रस्तुत गर्दै पोर्चुगललाई दबाबमा राख्न सफल भयो ।

पूरा समय खेलेका कप्तान क्रिष्टियानो रोनाल्डोसहित चर्चित खेलाडीहरु डिअगो जोटा, ब्रुनो फर्नान्डेज, रुवेन डिआज, बर्नान्डो सिल्भा लगायत गोलविहिन भए । उनीहरुलाई फाइनल थर्डमा स्कटल्यान्डका खेलाडीले सफल हुनै दिएनन् ।

यहि समूहको अर्को खेलमा पोल्यान्ड र क्रोएसियाले ३-३ को बराबरी खेलेका छन् । पोल्यान्डले खेलमा अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन ।

पोलिस स्ट्राइकरलाई बक्स बाहिर खराब ट्याकल गरेपछि ७६औं मिनेटमा गोलकिपर डोनिनिक लिभाकोभिकले सिधै रातो कार्डको सामना गरेका थिए ।

समूह ए (१) को चौथो खेलपछि १० अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ । ७ अंकको क्रोएसिया दोस्रो र ४ अंकको पोल्यान्ड तेस्रो स्थानमा छन् । १ अंक जोडेको स्कटल्यान्ड पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *