बिराटनगरमा आयोजना भएको तेस्रो संस्करणको सैनिक टोल फुटबल प्रतियोगिताको उपाधि नयाँ बस्ती एफसीले उचालेको छ ।
नयाँ बस्ती एफसी र नहर एफसी बिच शुक्रबार भएको प्रतियोगिताको फाईनल खेलमा नहर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै नयाँ बस्ती एफसी च्याम्पियन बनेको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नयाँ बस्ती एफसी डम्बर कार्की चुनिए । उनले सिटी स्पा र पार्लरबाट थेरापी पुरस्कार प्राप्त गरे । त्यसैगरी फाइनल खेलको म्यान अफ द म्याच नयाँ बस्ती एफसीका विशाल मगर घोषित भए भने उनले ह्याप्पी आवर हेभनबाट मेडल र ५ सय रुपैयाँको फुड भौचर प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता नहर एफसीका बुद्धिमान राई घोषित भए । उनले प्रतियोगिता सर्वाधिक चार गोल गरे । उनले मेडल, ट्रफी र क्यालिबरबाट एक जोडी जुत्ता प्राप्त गरे । उत्कृष्ट डिफेन्डर नहर एफसीका केवल महर्जन चुनिए भने उनले सिटी स्पा र पार्लरबाट मेडल ट्रफी र थेरापी पुरस्कार पाए ।
प्रतियोगिताको विजेता नयाँ बस्ती एफसीले २५ हजार रुपैयाँ नगद पुरस्कार, ह्याप्पी आवर हेभनबाट दुई हजार ५०० रुपैयाको फुड भौचर र सिटी सिनेमाबाट १० वटा चलचित्रको टिकट प्राप्त गरेको छ । भने प्रतियोगिताको उपबिजेता नहर एफसीले १५ हजार रुपैयाँ नगद पुरस्कार, मोजोबाट एक हजार ५०० रुपैयाको फुड भौचर प्राप्त गरेको छ ।
हामी युवा बिराटनगरद्वारा आयोजित उक्त प्रतियोगिता असोज २३ देखि असोज २५ गते सम्म बिराटनगर स्थित एस्पाईर कलेजको खेल मैदानमा सञ्चालन भएको थियो ।
