अर्जुन काफ्ले, पथरी

सुनौलो कल्याण स्पोर्टिङ्ग क्लब कीर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा बुधबार भएको खेलमा सुनौलो कल्याणले सुन्झोडा युवा फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा पुगेको हो ।

सुनौलो कल्याणका लागी जुुनियर सावा, रोहन गुरुङ्ग, सन्दिप तामाङ्ग र जोशन कार्कीले १–१ गोल गरे भने सुन्झोडका लागी विशाल राई र मिन मगरले १-१ गोल फर्काए । खेलको म्यान अफ दि म्याच सुनौलो कल्याणका रोहन गुरुङ्ग घोषित भए ।

बिहिवारको खेल भोटेघुम्ती युवा फुटबल क्लब र न्यु सिरीजंघा स्पोर्टिङ्ग क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *