नेपालले भारतको सिक्किममा जारी प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ विजयी सुरुआत गरेको छ ।
सिक्किम बास्कबेटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपलले सिक्किमकै भल्किरिसविरुद्ध ५७-१९ को सहज जित निकाल्यो ।
जितसँगै समूह ‘बी’ को नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार सिलोङको डुबख क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
