नेपालले भारतको सिक्किममा हुने प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ सहभागिता जनाउने भएको छ ।

नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको छ । सिक्किम बास्कबेटबल संघको आयोजनामा प्रतियोगिता सेप्टेम्बर १४ देखि १८ सम्म हुनेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपाल, सिक्किमको भल्किरिस र सिलोङको डुबख क्लब छन् । समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

नेपालले सेप्टेम्बर १४ मा भिल्करिस र १६ मा डुबखको सामना गर्नेछ ।

टोलीको प्रशिक्षकमा विकास शाही, सहायक प्रशिक्षकमा नृपेश श्रेष्ठ र व्यवस्थापक खुशी सिवाकोटी छन् ।

नेपाली टोली

अनुशा मल्ल (कप्तान), श्रेया खड्का, सोनी वाइबा, सविता खड्का, रिशा सिलवाल, मीना गुरुङ, रोशनी श्रेष्ठ, प्रेदिका महर्जन, अस्मिता केसी, रिन्छेन मोक्तान, कृति चौधरी, सुहाना मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *