एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले दीप कार्की, अञ्जन विष्ट र एरिक विष्टलाई अनुबन्ध गरेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ ।
टोलीको कप्तानमा अनन्त तामाङ छन् । क्लबले खेलका लागि प्रशिक्षण पनि सुरु गरिसकेको छ ।
अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ । यसैगरी क्लबले तीन विदेशी खेलाडीलाई पनि भित्र्याउने प्रयास भइरहेको बताएको छ ।
मुख्य प्रतियोगिताको खेल अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछ। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ ।
