फ्रान्सेली स्टार फरवार्ड केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा औपचारिक रुपमा सार्वजनिक भएका छन् । रियलले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै एमबाप्पेलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो।
एमबाप्पेले रियलका लागि ९ नम्बरको जर्सीमा खेल्ने छन् । गत सिजनको अन्त्यसँगै एमबाप्पेले रियलसँग पाँच वर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए सम्झौता अनुसार २५ वर्षीय एमबाप्पे सन् २०२९ सम्म रियलमा रहने छन् ।
फ्रेन्च कप (कोपा डे फ्रान्स) २०२३-२४ सिजनको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई दिलाउँदै एम्बाप्पे पीएसजीबाट बिदाई भएका थिए। फ्रान्सलाई सन् २०१८ को विश्वकप उपाधि जिताएका एम्बाप्पेले पीएसजीबाट ३०८ खेल खेल्दा २५६ गोल गरेका छन् ।
उनी सन् २०१७ मा मानाकोबाट लोनमा पीएसजी आएका थिए । एम्बाप्पे क्लब इतिहासमा सर्वाधिक गोल गर्ने एक्ला खेलाडी समेत हुन्।
