जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ ।
जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो। स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे ।

अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ । अर्को क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड खेल्ने पक्का भइसकेको छ ।
सोमबार हुने क्वाटरफाइनलमा फ्रान्सले बेल्जियम तथा पोर्चुगलले स्लोभेनियाको सामना गर्नेछ ।
