साविक विजेता अर्जेन्टिना र क्यानडा कोपा अमेरिका २०२४ को समूह ‘ए’ बाट क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान भएको समूह चरण अन्तिम खेलमा पेरुलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले समुह चरणमा शतप्रतिशत नतिजासहित समुह विजेता बन्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिनाले तीन खेलबाट अपराजित रहँदै ९ अंक जोड्यो ।समान खेलबाट १ अंंक जोडेको पेरु प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसैगरी शनिबार बिहान भएको यस समूहको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेले ।

बराबरीसँँगै तीन खेलबाट ४ अंक जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने समान खेलबाट ३ अंंक जोडेको चिली समूह चरणबाट नै बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *