कोशी प्रदेशले पोखरामा सम्पन्न यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा छात्र बास्केटबलतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
पोखरा रंगशालाको बास्केटबल कोर्टमा बिहीबार तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ३६-१७ ले हारायो ।
छात्र/छात्रा दुवैमा बागमती प्रदेश पहिलो बन्यो । छात्रतर्फको फाइनलमा बागमतीले गण्डकी प्रदेशलाई ३७-३१ ले पराजित गर्यो । यसैगरी छात्रातर्फको फाइनलमा पनि बागमतले गण्डकीविरुद्ध १३-८ को जित निकाल्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुमप्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यकारी सदस्य दिलबहादुर गुरुङ, ऋषिराम गौतम, सदस्य शुभकन्या गुरुङलगायतले पुरस्कार वितरण गरे ।
