विराटनगर । विराटनगर-३ मा अवस्थित विराट स्पोर्ट्स जोनको आयोजनामा सम्पन्न प्रनम प्लास्टो दशैं फुटसल फिएस्टा २०८३ को उपाधि मोनार्की एफसी ईटहरीले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा सायस फुटसल एरिना विराटनगरलाई २-१ गोल अन्तरले पराजित गर्दै मोनार्की च्याम्पियन बनेको हो ।
मोनार्कीले उपाधिसंगै २५ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टोली सायसले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोनार्कीका सुशील कार्की म्यान अफ द म्याच घोषित भए । सुशीलनै प्रतियोगिताको सार्वधिक गोलकर्ता भए । यस्तै, उत्कृष्ट गोलरक्षक मोनार्कीका अनुराग श्रेष्ठ, उदयीमान खेलाडी टिम एनडी एफसीका निखिल कटुवाल तथा उत्कृष्ट खेलाडी सायसका सरोज राई घोषित भए ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि प्रसाद बजगाईले पुरस्कार वितरण गर्नु भयो । दुई दिन सम्म चलेको प्रतियोगितामा मोरङ र सुनसरीका गरी कुल १९ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताले स्थानीय स्तरमा फुटसल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदमार्फत युवालाई सक्रिय बनाउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक प्रनम प्लास्टो रहेको थियो भने सह प्रायोजक म्याक्स टाइगर इनेर्जी ड्रिङ्क रहेको थियो ।
