काठमाडौं । काठमाडौं महानगरपालिका ६ वडा र १६ वडा लैनचौरमा जारी चौथो प्रयागराज सिं सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा भइरहको प्रतियोगिता अन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा ६ वडा ४ वडालाई पेनाल्टि सुटआउटमा पराजित गर्दै फाइलनमा प्रवेश गरे भने १६ वडाले १४ वडालाई पराजित गरि फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

४ वडा र ६ वडा बीच भएको पहिलो सेमिफाइनल खेल १–१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टि सुटआउट भएको थियो । जसमा ६ वडाले ४ वडालाई २–१ गोलले पराजित गरे । नियमित समयमा ४ वडाका लागि असिम गुरुङ्गले र ६ वडाका लागि संयम घिमिरेले गोल गरेका थिए । यस खेलमा ६ वडाका सनिस राउत म्यान अफ द म्याच भए ।

दोस्रो सेमिफाइनलमा १६ वडाले १४ वडालाई १–० गोलले पराजित गरे । १६ वडाको लागि विराम श्रेष्ठयात विजयी गोल गरेको थिए । श्रेष्ठ यस खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

बुधबार विहान ८ बजे लैनचौरस्थित फुटसल मैदानमा फाइनल खेल हुनेछ ।

प्रतियोगितामा विजयी टोलीले नगद दुई लाख सहित ट्रफि मेडल पाउने छ भने उपविजेतालाई १ लाख नगद सहित ट्रफि, मेडल प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *