सोलुखुम्बुकी प्रीतिमाया तामाङले अन्तर्राष्ट्रिय जुडो फेडरेसन (आईजेएफ) को लेभल वान कोर्ष उत्तीर्ण गरेकी छन् ।

टर्कीको इस्तानबुलमा सेप्टेम्बर ७ देखि १३ तारिखसम्म भएको कोर्ष उत्तीर्ण गरेपछि प्रीति औपचारिक रुपमा आईजेएफ लेभल वान प्रशिक्षक बनेकी हुन् ।

सुरुमा प्रीतिले अनलाइन कोर्ष उत्तीर्ण गरेपछि प्रयोगात्मक कक्षामा सहभागी हुन टर्की गएकी हुन् । नेपालमा रहेका मध्ये प्रीति यो उपलब्धी हासिल गर्ने दोश्रो भएको नेपाल जुडो संघका पूर्व महासचिव एवं रेफ्री डाइरेक्टर धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

प्रीतिअघि यो उपलब्धी पृथ्वी आलोकले हासिल गरेका थिए । प्रीति सोलुखुम्बुस्थित एभरेष्ट जुडो क्लबकी प्रशिक्षक हुन् । टर्कीमा भएको कोर्षमा विभिन्न १० राष्ट्रका ३० प्रशिक्षकले सहभागिता जनाएको श्रेष्ठले जानकारी दिए ।

प्रीतिको यो अभियानमा आईजेएफ र विश्व जुडो च्याम्पियनसिपकी कांस्य विजेता अस्ट्रियाकी ओलम्पियन सब्रिना फिल्जमोसरले सहयोग गरेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *