ग्रामथान । मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा जारी प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगितामा शारदा स्कुल, झोरहाट फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा खेलमा बिरेन्द्र मावि, पिडारबनीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै शारदा स्कुल फाइनलमा पुगेको हो ।

निर्धारित समयम दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको म्यान अफ दि म्याच शारदा स्कुलका निकेश माझी घोषित भए ।

अब शारदा स्कुलले फाइनलमा उपाधिका लागि गोदावरी स्कुल, विराटनगरको सामना गर्नेछ । फाइनल खेल शनिबार हुने आयोजक नवआरम्भ नेपालका अध्यक्ष प्रमोद राना मगरले जानकारी दिनुभयो । प्रतियोगितामा मोरङका विभिन्न १२ विद्यालयहरूको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *