सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।

एन्फा एकेडमी धरानको खेलमैदानमा भएको उद्घाटन खेलमा धरानको मित्र मिलन क्लबले चक्रघट्टीको कल्चर ग्रीन क्लबलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट दुई-दुई गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ दि म्याच मित्र मिलन क्लबका मनिष लिम्बू घोषित भए । उनले नगद १ हजार सहित ट्रफी प्राप्त गरे ।

खेलअघि सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक राईले उद्घाटन गरेका थिए । सात टोली सहभागी रहेका प्रतियोगिताको बिजेता र उपबिजेता ए डिभिजन लिगमा बढुवा हुनेछन् ।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल दिउँसो १ बजे युवा जागृती क्लब धरान र राईजिङ्ग स्पोर्टिङ क्लब धरान तथा सोही दिन दिउँसो २ बजे दोस्रो खेल रेड स्टार क्लब खनार र युनाइटेड युथ क्लब धरानबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *