काभ्यालाई यु–१६ फुटसल उपाधि

२०८३, १० जेष्ठ आईतवार २२:०१

काठमाडौं । काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा भएको फाइनलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २–० गोलले पराजित गर्यो । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भएको प्रतियोगितामा एन्जल्स हार्ट मावि तेश्रो भयो । एन्जल्स हार्ट माविले समृद्धिलाई ४–२ गोलले हरायो ।

काठमाडौं लोक शिक्षणका विजेश वाइबा उत्कृष्ट खेलाडी, काभ्याका आराध्य रेग्मी उत्कृष्ट गोलरक्षक, समृद्धिका समन महर्जन उदीयमान खेलाडी र काभ्याका विप्लोप दर्लामी सर्वाधिक गोलकर्ता बने । स्मृद्धि उदीयमान टिम घोषित भयो ।

विजेतालाई जुनियर फुटबल एकेडेमीका संस्थापक र हेड कोच प्रज्ज्वलप्रताप क्षेत्री, आयोजक एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, आयोजक एन्जल्स हार्टका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिमबहादुर थापा, प्रतियोगिता संयोजक सुमन तिमल्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फाइभ ए साइड एकदिने प्रतियोगितामा ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *