विराटनगर । अर्पण स्कुलको आयोजनामा यहि जेष्ठ ३० गते शनिबार प्रथम अर्पण फ्युचर स्टार फुटसल प्रतियोगिता हुने भएको छ । अर्पण स्कुल, विराटनगरको आयोजनामा प्रथम अर्पण फ्युचर स्टार फुटसल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा मोरङ जिल्ला भरिका १२ विद्यालयहरुको सहभागिता रहने भएको छ । जस अन्तर्गत कक्षा सात सम्मका विद्यार्थीहरु विच मात्र प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । एक दिने प्रतियोगितामा विजेताले १३ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले ८ हजार नगद ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । साथै म्यान अफ र म्याच हुने खेलाडीलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

विद्यार्थीहरुमा खेल प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल सुवास विष्टले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *