काठमाडाैं । संस्कृति शिक्षा सदन र इडेन ब्रिज एकेडेमी (इबीए) दोस्राे तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
संस्कृतिले विजेश्वरीलाई २४–१२ ले पराजित ग¥यो । संस्कृतिको जितमा श्रृष्टि मगरले १४ अंक योगदान गरिन्। अनामिका पटेलको १० अंक सहयोगमा इबीएले ज्ञानोदयलाई ३२–२२ ले हरायो ।
गल्र्समै आयोजक तेजस्वी एकेडेमीले केभीकेएसएसलाई ८–७, बागमतीले हिमशिलालाई २५–२४ र फेरिल्यान्डले बेलमोन्टलाई २१–१५ ले हराए । तेजस्वीकी इथर बरुवालले ६, बागमतीकी स्मृति पोखरेलले १४ र फेरिल्यान्डकी खुश्बु मगरले १६ स्कोर गरे ।
ब्वाइजमा टीआईएले क्यान्भास बसन्त ऋतुलाई ३८–२१, ज्ञान संस्कारले किन्डर गार्तेनलाई १६–१०, ज्ञानोदयले ग्रिनल्यान्डलाई २४–१६, न्युटनले गण्डकीलाई ४५–३३ र लालीगुराँस नेसनल एकेडेमीले अरुणीलाई ४०–३० ले पन्छाए । टीआईएका आविस्कार रोक्काले १८, ज्ञान संस्कारका अनय श्रेष्ठले ५, ज्ञानोदयका साइमन क्षेत्रीले ११, न्युटनका मिस्कन तामाङले १५ र लालीगुराँसका मसुद गुरुङले १० अंक बटुले ।
