काठमाडौं । साविक विजेता एन्जल्स हार्ट र गण्डकी दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले जीवन ज्योतिलाई ३२–२५ तथा गण्डकीले रिलायन्स पब्लिकलाई २७–२५ ले पराजित गरे । एन्जल्स हार्टका रुपेश पौडेलले १३ तथा गण्डकीका सुविन अर्यालले ११ अंक जोडे ।
ब्वाइजमै स्कोलर्स होमले केएमसीलाई ३१–२२, टीआईएले ज्ञानोदयलाई २७–२२, मार्वलसले बागमतीलाई ६३–४०, केभीसीले ज्ञान संस्कार इन्टरनेसनल स्कुललाई ५८–४५, ह्वाइट हेभनले हिमरश्मिलाई ३०–२३, जेबी स्कुलले बेलमोन्टलाई ५३–२२ र गोल्डेनपिकले स्किब्सलाई ४५–३३ ले हराए । स्कोलर्स होमका निशान घलेले १५, टीआईएका आविस्कार रोक्काले १२, मार्वलसका रोशन कुश्वाहाले १५, केभीसीका रियान बानियाँले २२, ह्वाइट हेभनका विवेश बर्देवाले १५, जेबी स्कुलका दिपेश सुनारले २३ र गोल्डेनपिकका प्रिजम केसीले १३ स्कोर गरे ।
गल्र्समा बागमतीले ज्ञानोदयलाई २३–१५, आयोजक तेजस्वी एकेडेमी ‘ए’ ले केएमसीलाई १९–९ र हिमरश्मिले तेजस्वी ‘बी’ लाई २१–१७ ले पाखा लगाए । बागमतीकी स्मृति पोखरेलले १०, तेजस्वी ‘ए’ की श्रेया छन्त्यालले ८ र हिमरश्मिकी पुर्णिमा कार्कीले ९ अंक बटुले ।
