काठमाडौं । ग्रिनफिल्ड दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।
नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजक महामञ्जुश्रीको कोर्टमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–१२ ले पराजित गर्यो । ग्रिनफिल्डले उपाधिका लागि महामञ्जुश्री र पिपुल्स एकेडेमीबीचको विजेतासंग खेल्ने छ ।
सिनियर ब्वाइजमा सेमिफाइनल समीकरण तयार भएको छ । विल्सन एकेडेमीले नवीन ज्योति तथा होली भिजनले निम्स विरुद्ध फाइनल प्रवेशका लागि खेल्ने छन् ।
सिनियर गल्र्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल चाँदबाग र केभीसी, निम्स र स्वर्णिम, त्रिज्योति र पुष्पसदन तथा न्यु जेनिथ र टेरेसा एकेडेमीबीच हुनेछ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
