आयोजक श्री युवा जनहित क्लब कैलालीको कैलारी गाउँपालिकामा भएको ‘छैटौँ निसर्ग हस्पिटल बड्का भजहर कप फुटबल प्रतियोगिता’ को उपाधि बर्दियाको नेम्स क्लबले जितेको छ ।

श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भएको प्रतियोगिताको फाइनलमा नेम्सले उपाधि जितेको हो । कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको फाइनलमा आयोजक श्री युवा जनहित क्लबलाई २–० ले हराउँदै नेम्स च्याम्पियन भएको हो ।

प्रतियोगिताको विजेता नेम्सले एक लाख रुपैयाँ र उपविजेता बनेको आयोजक जनहितले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *