विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको छात्र फुटबलमा भानु कलेज, शिक्षा सन्देश कलेज, बुद्ध कलेज र मेरिल्याण्ड कलेजले जित हात पारेका छन् ।

पहिलो खेलमा भानु कलेजले ग्रिनल्याण्ड कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ ले निराश बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलमा निर्णय  पेनाल्टी सुटआउटबाट भएको हो । भानुको जितमा नायक बनेका गोलकिपर मिस्टर हसन प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादिप कलेजलाई २–१ ले हराउँदै क्वाटफाइनलमा प्रवेश गरेको छ । शिक्षा सन्देशकोे जितमा प्लेयर अफ द म्याच योहान लिम्बु र रयिाज श्रेष्ठले १–१ गोल गरे ।    

तेस्रो खेलमा बुद्ध कलेजले विराट क्याम्पसलाई ५–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितमा प्लेयर अफ द म्याच जतिनकुमार थारुले ह्याट्रिकसहित ३ गोल र अन्जिस मगरले २ गोल गरे ।  

चौथो खेलमा मेरिल्याण्ड कलेजले मोडर्न एरा कलेजलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डको जितमा अविशेक कामत र निसान राईले १–१ गोल गरे भने मोडर्न एराको अमरलाल सरदारले १ गोल गरे । खेलको प्लेयर अफ द म्याच मेरिल्याण्डका सुवास राजवंशी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *