ल्यान्डमार्क एकेडेमी र जेबी स्कुलले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार सफलता पाएका छन् ।
टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भइरहेको प्रतियोगितामा ल्यान्डमार्कले ग्रिनल्यान्डलाई २६-१५ तथा जेबीले काठमाडौं युरोलाई १४-८ ले पराजित गरे । ल्यान्डमार्ककी अन्जली राईले ८ तथा जेबीकी मेनुका थारुले ६ स्कोर गरे ।
अन्य प्रतिस्पर्धामा भ्याली पब्लिकले हिमशिलालाई १७-१०, तेजस्वी एकेडेमीले पारामाउन्ट एकेडेमीलाई २५-१२, ह्वाइट हेभेनले ज्ञानोदयलाई १०-४ र केभीकेएसएस ‘ए’ ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३३-२४ ले पाखा लगाए । भ्याली पब्लिककी सपना गिरीले ६, तेजस्वीकी एस्थर बरुवालले १२, ह्वाइट हेभेनकी सेवान्तिका योञ्जनले ४ र केभीकेएसएस ‘ए’ एनी श्रेष्ठले १० अंक बटुले ।
