न्युटन र हिमशिला विजयी

२०८२, १३ माघ सोमबार १९:४७

काठमाडौं । न्युटन र हिमशिलाले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा सोमबार जित हात पारेका छन् ।

कपनस्थित आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको कोर्टमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१० ले पराजित गर्यो ।

न्युटनको जितमा जेनिशा तामाङले ६ अंक योगदान गरिन् । जेविना श्रेष्ठको ६ अंक सहयोगमा हिमशिलाले एनसीसीएसलाई १८–१७ को साँघुरो अन्तरले हरायो ।

जुनियर गर्ल्समै साविक विजेता आयोजक फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई २०–१६ तथा जेबी स्कुलले भक्तिलाई १८–१४ ले पाखा लगाए ।

फेरिल्यान्ड ‘ए’ की सन्दिपा राईले १० तथा जेबीकी संगिता राईले ६ स्कोर गरे । जुनियर ब्वाइजमा फेरिल्यान्डले हिमशिलालाई २६–१८, एन्जल्स हार्टले बीएनएलाई २७–१८, गोल्डेनपिकले न्युटनलाई १९–१५ र जेबीले भक्तिलाई २५–२० ले पन्छाए।

फेरिल्यान्डका राहुल मग्राती, एन्जल्स हार्टका अश्विन जुग्जाली, गोल्डेनपिकका आदित कुलुङ र जेबीका आरोन राणाले समान ६–६ अंक जोडे .

Leave a Reply

Your email address will not be published. Required fields are marked *