विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको बास्केटबल खेलमा शिक्षादिप कलेज, अरनिको कलेज, विकेभिएम कलेजले जित हासिल गरेका छन् ।
पहिलो खेलमा अरनिको कलेजले कोवास कलेजलाई ६०–११ को स्कोरले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच अरनिकोका प्रनव चौलागाई घोषित भए ।
दोस्रो खेलमा विकेभिएम कलेजले शिक्षादिप कलेजलाई ३५–२७ को स्कोरले हरायो । खेलको प्लेयर अफ द म्याच विकेभिएमका सन्तोष साह घोषित भए ।
तेस्रो खेलमा शिक्षादिप कलेजले अरनिको कलेजलाई ५६–३० को स्कोरले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच शिक्षिादिपका अन्दिप अर्जेल घोषित भए ।
चौथो खेलमा विकेभिएम कलेजले कोवास कलेजलाई ५१–१५ को स्कोरले हरायो । खेलको प्लेयर अफ द म्याच विकेभिएमका निशल कार्की घोषित भए ।
बास्केटबल लिगको आधारमा खेलाइएको छ । लिगमा टप टुमा पर्नै टिमले फाइनल खेल्ने छन् ।
