प्रिमयर लिगमा म्यानचेष्टर युनाइटेड लिड्स युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । 

आईतबार लिड्सको घरेलु मैदानमा भएको खेलमा ब्रेन्डन आरोनसनले गोल गर्दै लिड्सलाई पहिले अग्रता दिलाएका थिए । उनले खेलको ६२औँ मिनेटमा गोल गरेका हुन् ।

तर त्यसको तीन मिनेटपछि नै माथेउस कुन्हाले बराबरी गोल फर्काएपछि युनाइटेड हारबाट जोगियो । खेलको अन्त्यतिर दुवै टोलीले गोल गर्ने अवसर पाए पनि थप गोल हुन सकेन ।

बराबरीपछि युनाइटेड २० खेलबाट ३१ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । लिड्स २० खेलबाट ३१ अंकसहित १६औं स्थानमा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *