ज्ञानोदयको दोहोरो जित

२०८२, ३ मंसिर मंगलवार १८:५८

ज्ञानोदयले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको सिनियर ब्वाइज र गल्स टोली विजयी भयो ।

सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २५-२४ को साँघुरो अन्तरले पराजित ग¥यो । ज्ञानोदयका जिरावत थोड्झुकले ७ अंक जोडे । सिनियर गल्समा ज्ञानोदयले न्यु जेनिथलाई १८-५ ले हरायो। ज्ञानोदयकी प्रिन्सिस थापा मगरले ६ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा केभीसीले निःसर्ग वाटिकालाई ४२-३९, कश्यपले राइजिङ स्टारलाई २७-२३ र बाल दीक्षा सदनले न्यु जेनिथलाई २३-११ ले पाखा लगाए। केभीसीका आरोनलाल श्रेष्ठले १३ तथा बाल दीक्षा सदनका सजेल महर्जनले १० स्कोर गरे ।

सिनियर गल्समा निःसर्गले मस्याङदीलाई ८-५ तथा राराहिलले गोल्डेन फ्लावरलाई २६-८ ले पन्छाए। निःसर्गकी आफ्रेन आर्याले ५ तथा राराहिलकी एलिशा ओलीले १२ अंक बटुले ।

जुनियर ब्वाइजमा सेबले निःसर्गलाई २०-४ तथा कश्यपले गोल्डेन फ्लावरलाई १४-८ ले पराजित गरे । सेबका सन्जल बुढा मगर तथा कश्यपका प्रियान रिमालले समान ८-८ अंक जोडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *