झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नम्बर १ मा जारी तेस्रो होक्से च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको शनिश्चरे एफसी फाइनलमा प्रवेश गरेको छ ।

स्थानिय त्रिभुवन माविको खेलमैदानमा बिहिवार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोडको पूर्वेली युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै शनिश्चरे उपाधि नजिक पुगेको हो ।

शनिश्चरेको जितमा दुबै गोल निमा तामाङले गरे । खेलको म्यान अफ दि म्याच पनि निमा नै घोषित भए । उनले नगद एक हजार पाँच सय रुपैयाँ पाए ।

अब शनिश्चरेले उपाधिका लागि शनिबार आयोजक होक्से युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । होक्से युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *