बार्सिलोनाको पुनरागमन जित

२०८२, १० आश्विन शुक्रबार ०७:१०

काठमाडौँ । बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दै स्पेनीस ला लिगामा पुनरागमन जित हासिल गरेको छ।

बिहीबार राति भएको खेलमा ओभिएडोमाथि ३-१ को जित दर्ता गरेको हो । पहिलो हाप्मा एक गोलले पछाडि रहेको स्थिति बार्साले उल्टाएको हो ।

ओभिएडोले आफ्नो घरेलु मैदानमा अल्बर्टो रेनाको गोलले ३३औं मिनेटमा अग्रता लिएको थियो । एरिक गार्सियाले ५६औं मिनेटमा गोल गर्दै बार्सिलोनाका लागि बराबरी अबस्थामा ल्याए ।

रोबर्ट लेवनडोस्कीले ७० तथा रोनाल्ड आराहोउले ८८औं मिनेटमा गोल गरे र टिमको जित निश्चित गरे ।

जितसँगै बार्सिलोना ६ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ । बार्सा शीर्ष स्थानमा रहेको रियल मड्रिड भन्दा दुई अंकको दूरीमा झारेको छ । ओभिएडो भने तीन अंकसहित १८ औं स्थानमा छ ।

ओसासुना र एल्वेले १-१ कोबराबरी खेलेका छन् । लयमा रहेको एल्वे यो नतिजापछि १० अंकमा पाँचौं स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *