साउदी क्लब अल-नासरले एएफसी कपमा फराकिलो जित हासिल गरेको छ।

ताजिकिस्तानको इस्तिकलोललाई रियाधमा बुधबार सम्पन्न खेलमा नासरले ५-० ले पराजित गरेको हो ।

नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई आराममा दिएको खेलमा नासरको जितमा लिभरपुल पूर्वस्टार साडियो मानेले खेलको अन्त्यतिर गोल गर्दै जितलाई थप फराकिलो बनाए ।

त्यसअघि किस्ले कोमन, अब्दुर्रहमान घारीब र ब्राजिली खेलाडी वेस्ली तथा एन्जेलोले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *