मनोहरा युनाइटेड युवा क्लबमाथि जित हासिल गर्दै आरसी-३२ शहीद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष फर्किएको छ।
सातदोबाटोस्थित एन्फा मुखयालयमा शुक्रबार सम्पन्न खेलमा मनोहरालाई २-१ गोलले पराजित गर्दैआरसी-३२ शीर्ष स्थानमा फर्किएको हो।
आरसी-३२ को जितमा आशिष लावती र किस्मत लिम्बुले गोल गरे। यता मनोहराको लागि उत्तम शाहीले गरेको गोल सान्त्वना बन्यो।
जितसँगै १० खेलबाट २२ बनाएको आरसी ३२ शीर्ष स्थानमा उक्लिएको छ। पराजित मनोहरा भने समान खेलबाट १४ अंकसहित पाँचौ स्थानमा यथावत् छ।

खेलको २० औं मिनेटमा आशिष लावतीको गोलमा आरसीऔ३२ ले शुरूआती अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको आसरी-३२ ले ६०औं मिनेटमा किस्मत लिम्बुको गोलमा २-० को आरामदायी अग्रता बनायो।
तर, खेलको अतिरिक्त समयको पहिलो मिनेटमै मनोहराको लागि उत्तम शाहीले गोल गरेपछि खेल २-१ को अबस्थामा आयो। त्यपछि बाँकी समय थप गोल नहुँदा आरसी-३२ विजयी भयो।
यो १० औं चरणको पहिलो खेल हो। जसमा ९ खेलबाट २० अंक जोडेको बागमती युवा क्लब दोस्रो तथा समान खेलबाट १९ अंक जोडेको पुल्चोक तेस्रो स्थानमा झरेका छन्।
