काठमाडौं । पुष्पसदन र कन्स्टिलेसनल तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा पुष्पसदनले पिपुल्स एकेडेमीलाई ३१-११ तथा कन्स्टिलेसनले कश्यपलाई ४३-२० ले पराजित गरे । पुष्पसदनका सुशान श्रेष्ठले १५ तथा कन्स्टिलेसनका रिडम नेपालीले ११ अंक जोडे ।

सिनियर ब्वाइजमै ज्ञान निकेतनले स्वर्णिमलाई ६२-४४ तथा ब्राइट होराइजनले राराहिललाई ४२-४० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ तथा ब्राइट होराइजनका विवेक गुरुङले १२ स्कोर गरे ।

सिनियर गल्समा रिब्सले जेसिसलाई २३-८, स्वर्णिमले रेडियन्ट पब्लिकलाई २३-५, राराहिलले केसीसीएसलाई १२-७ र ग्यालेक्सी पब्लिक स्कुलले युरो स्कुललाई २०-४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

रिब्सकी सुप्रिया मल्लले ९, स्वर्णिमकी नितिशा महर्जनले ११, राराहिलकी अलिशा ओलीले ८र ग्यालेक्सीकी प्राची क्षेत्रीले १४ स्कोर गरे । ब्वाइज फुटसलको यु-११ मा चेल्सी वर्ल्ड स्कुलले एआईलाई २-१ तथा बेसिक लर्निङले रेडियन्ट पब्लिकलाई ३-० ले पराजित गरी फाइनलमा स्थान बनाए ।

यु-१३ मा ब्राइट होराइजनले प्याराडाइसलाई ४-२ तथा हार्टल्यान्ड एकेडेमीले विद्यावाणीलाई ३-२ ले हराउदै उपाधि भिडन्त पक्का गरे । यु-१६ मा रिब्सले ब्रम्हकुञ्जलाई ४-३ (टाइब्रेकर) तथा ग्रिन भिलेजले निसर्गलाई ३-१ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *